काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भ्सले सानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा ब्रेन्टफोर्डमाथि वुल्भ्सले ४–१ गोल अन्तरको जित निकालेको हो । वुल्भ्सको जितमा हि चान वाङले २ गोल गर्दा मारिओ लेमिना र जेरिन्सर बेलगार्डले एक एक गोल गरेका थिए ।
ब्रेन्टफोर्डका लागि योने वेइसाले एक गोल फर्काए । १३ औं मिनेटमा पाब्लो सर्वियाको पासमा लेमिनाले गोल गर्दै वुल्भ्सलाई अग्रता दिलाएका थिए । १४ औं मिनेटमा वाङले गोल गरेपछि सुरुमै २–० को अग्रता बनायो । तर, १६ औं मिनेटमा ब्रेन्टफोर्डका लागि निल मुपेको पासमा वेइसाले गोल गर्दै अन्तर २–१ मा झारेका थिए । २८ औं मिनेटमा वाङले व्यक्तिगत दोस्रो गोल गर्दा उल्भ्स ३–१ को सहज अवस्थामा पुगेको थियो ।
उनले टोटी एन्टोनिओ गोमेजको पासमा गोल गरेका थिए । पहिलो हाफमा ३–१ को अग्रता लिएको वुल्भ्सले दोस्रो हाफमा १ गोल थपेको थियो । ७९ औं मिनेटमा बेलगार्डले म्याथ्युज चुन्चाको पासमा गोल गरेपछि ४–१ को जित निकाल्दै स्पष्ट ३ अंक थप्न सफल भयो । वुल्भ्सले १९ खेलबाट २५ अंकका साथ तालिकाको ११ औं स्थानमा रहको छ । १८ खेल खेलेको ब्रेन्टफोर्ड भने १९ अंकका साथ तालिकाको १४ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया