Logo

प्रविधि

रोयल इन्फिल्डले ल्यायो ३५० सीसीको मिटिओर बाइक



काठमाडौं । रोयल इन्फिल्डले नेपाली बजारमा मिटिओर ३५० सीसीका तीन नयाँ मोटरसाइकल पुनः सार्वजनिक गरेको छ ।

रोयल इनफिल्डका बाइकको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले काठमाडौंको नक्सालस्थित शोरुममा बुधबार मिटिओर फायरबल, मिटिओर स्टेलर र मिटिओर सुपरनोभा सार्वजनिक गरेको हो ।

जे प्लेटफर्ममा निर्मित यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–आयल कुल्ड रहेको कम्पनीले जनाएको छ । उक्त इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.२ ब्रेकर्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्ने र डुअल डिस्कब्रेक दिने जानकारी कम्पनीले दिएको छ ।

१५ लिटर फ्युल ट्यांक क्षमताका यी मोटरसाइकलले प्रति लिटर औसत ४० किलोमिटर माइलेज दिने पनि जनाइएको छ ।

कम्पनीले मिटिओर फायरबलको मूल्य ५ लाख ५० हजार, मिटिओर स्टेलरको ५ लाख ५५ हजार र मिटिओर सुपरनोभाको मूल्य ५ लाख ६५ हजार तोकेको छ । कम्पनीले बिक्रीका लागि सबै भेरियन्टको बुकिङ समेत खुला गरिएको जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ४ : ४५ बजे