Logo

Breaking News 1

कांग्रेसको बागमती प्रदेश पहिलो सम्मेलन भोलिदेखि



काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलन भोलि शनिबार सुरु हुने भएको छ ।

शुक्रबार काठमाडौंमा आयाेजित पत्रकार सम्मेलनमा प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न एवं थप जवाफदेही बनाउँदै लैजाने विषयमा प्रदेश सम्मेलनमा छलफल हुने प्रवक्ता तिलकप्रसाद रुवालीले जानकारी दिए ।

सम्मेलनमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनहरु प्रस्तुत हुने र छलफल गरी पारित गर्ने उनले जानकारी दिए ।

पार्टी भित्रको आन्तरिक निर्वाचन प्रणाली र राज्यको निर्वाचन प्रणालीलाई चुस्त, दुरुस्त र थप समावेशी बनाउने विषयमासमेत छलफल केन्द्रीत हुने उनको भनाई छ ।

‘पार्टी भित्रको आन्तरिक निर्वाचनप्रणाली र राज्यको निर्वाचन प्रणालीलाई चुस्त, दुरुस्त र थप समावेशी बनाउने बिषयमा समेत छलफल केन्द्रीत हुनेछ’ उनले भने ।

सम्मेलन काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी भेन्युमा पार्टीका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न हुने जनाइएको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ४ : १९ बजे