Logo

Breaking News 1

काठमाडौं जिल्ला अदालतमा टोकन प्रणाली सुरु



काठमाडौं । काठमाडौं जिल्ला अदालतले टोकन प्रणाली सुरुआत गरेको छ । अदालतलाई व्यवस्थित र सेवाग्राहीलाई सहज सेवाका लागि आज (सोमबार)बाट टोकन प्रणालीको सुरुआत गरेको जनाएको हो ।

टोकन प्रणालीको सुरुआत गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौं जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले अदालतमा आउने सेवाग्राहीले सेवा लिँदा भीड नहोस् भनेर टोकन प्रणालीको सुरुआत गरेको बताए ।

उनले काठमाडौं जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउने योजनाअनुसार आफूहरू अघि बढेको बताए ।

उनले प्रविधिमैत्री अदालत नबनेसम्म नागरिक र सेवाग्राहीले न्याय नपाउने बताए ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १२ : ५० बजे