Logo

Breaking News 1

नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलन पुस ३ र ४ गते हुने



पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलन पुस ३ र ४ गते हुने भएको छ । कांग्रेस प्रदेश सूचना, संचार तथा प्रचारप्रसार विभागले आइतबार पत्रकार सम्मेलन गर्दै पुस ३ र ४ गते हुने प्रदेश प्रथम सम्मेलनको तयारी पूरा भएको जनाएको छ ।

सम्मेलनको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने कांग्रेस प्रदेश सभापति शुक्रराज शर्माले बताए । सम्मेलनबाट प्रदेशभरबाट करिव ५ सय प्रतिनिधि सहभागी हुने शर्माले सुनाए ।

सम्मेलनबाट पार्टीलाई विधानत चल्न आग्रह प्रदेश सभापति शर्माले बताए ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ४ : ०३ बजे