काठमाडौं । नेकपा (एमाले)ले सुरु गरेको संकल्प यात्राको आज समापन गरिँदै छ । चिवाभन्ज्याङमा राष्ट्रिय झन्डा फहराएर गत मंसिर १४ गतेदेखि सुरुभएको मध्यपहाडी पुष्पलाल राजमार्गको यात्रा औपचारिक रूपमा सम्पन्न गरिने एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए ।
संकल्प यात्रा समापन गरिने भएपनि यात्राले नेपाली राजनीति र समाजमा पारेको प्रभाव र सन्देशका बारेको विमर्श भने निरन्तर जारी रहने उनले बताए ।
यात्राका क्रममा कोसी प्रदेशमा आइपुग्दा प्रदेशको नामकरणसँग असहमत पक्षले यात्रालाई अवरोध सिर्जना गर्ने कोसिस गरेको उनले बताए ।
आजको यात्रा १०१ किलोमिटर रहेको छ । पाँचथरको फिदिमबाट चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झन्डा झण्डोत्तोलनसहित यात्राको समापन हुने एमालेले जनाएको छ ।
प्रतिक्रिया