Logo

Breaking News 1

रास्वपाको वडा अधिवेशन आजदेखि



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको प्रक्रिया आजदेखि सुरू हुँदैछ । बिहीबार एकसाथ सात प्रदेशका सात वटा वडामा अधिवेशन गर्दै रास्वपाले पहिलो महाधिवेशनको प्रक्रिया थालेको हो ।

गएको आमनिर्वाचनअघि मात्रै गठन भएको रास्वपाले प्रदेश, जिल्ला र स्थानीय तहमा पार्टी संगठन विस्तार गरिसकेपछि अब वडा तहबाट महाधिवेशनको प्रक्रिया अघि बढाएको हो ।

पहिलो वडा अधिवेशनकालागि सातै प्रदेशमा रास्वपाका केन्द्रीय नेताहरू खटिएका छन् । पार्टीको प्रथम महाधिवेशनको प्रक्रियाअन्तर्गत नै वडा तहको अधिवेशन प्रारम्भ गरिएको केन्द्रीय सदस्य एवम् संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले बताए ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ९ : १५ बजे