Logo

Breaking News 1

पश्चिमी वायुको प्रभावले तराईमा हुस्सु, काठमाडौंमा चिसो



काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज तराईमा हुस्सु तथा कुहिरो लागेको छ । काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ ।

राति कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ६ : ४९ बजे