Logo

Breaking News 1

एनसेल शेयर खरिद–विक्री प्रकरणमा खर्बौंको चलखेल भएको छ : अध्यक्ष ओली



काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एनसेल शेयर खरिद–विक्री प्रकरणमा खर्बौंको चलखेल भएको आरोप लगाएका छन् । पार्टीले सञ्चालन गरेको झुलाघाटा–चिवाभञ्ज्याङ संकल्प यात्राका क्रममा नुवाकोट पुगेका ओलीले उक्त प्रकरणमा ठूलो आर्थिक अपराध भइरहेको बताएका हुन् । उनले वर्तमान सरकारलाई कमिसनको खेल बन्द गर्नसमेत आग्रह गरे ।

केही वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गरिनुपर्ने उक्त कम्पनी सरकारी स्वमित्वमा आउनबाट छल्न विभिन्न प्रकारका चलखेल गरिएको उनको आरोप छ । उनले यस्ता प्रकारका आर्थिक अपराध नेकपा (एमाले) र नेपाली जनतालाई मान्य नहुने बताए ।

वर्तमान गठबन्धन सरकार नेपाल र नेपाली जनताको हितमा भन्दा पनि आफ्नै हितमा लागेको उनको आरोप छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  २ : ०४ बजे