Logo

Breaking News 1

राप्रपा नेपालको केन्द्रीय समिति बैठक जारी



काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक बसिरहेको छ ।

काठमाडौंमा जारी बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिबेदन प्रस्तुत गर्नेछन् भने महामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले संगठन र आर्थिक प्रतिबेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । 

पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत हुने “भ्रष्ट ब्यबस्थाको अन्त्य, संबैधानिक राजसंस्था सहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको स्थापना र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माण” सम्बन्धि  राजनितिक कार्यपत्र महामन्त्री राजाराम बर्तौलाद्वारा प्रस्तुत हुने संगठन बिभागको प्रतिबेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत हुने आर्थिक प्रतिबेदन हिजो बसेको कार्य सम्पादन समितिको बैठकले परिमार्जन सहित अनुमोदन गरेको थियो ।

 केन्द्रीय समिती बैठकबाट छलफल पश्चात्  मोर्चा निर्माण र आन्दोलनको तयारी बारेमा महत्त्वपूर्ण निर्णय गर्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

दुई दिन सम्म संचालन हुने केन्द्रिय समिती बैठक भोलि  दिउँसो काठमाडौं उपत्यका भेला मार्फत निर्णयहरु सार्बजनिक गरेर सम्पन्न हुने पार्टीले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १ : ०५ बजे