Logo

Breaking News 1

सबैभन्दा ठूला मिटरब्याजी बैंक हाे : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैंकहरू सबैभन्दा ठूला मिटरब्याजी भएको टिप्पणी गरेका छन् । चितवन–काठमाडौं प्रजातान्त्रिक संगमले आज काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले सबैभन्दा ठूला मिटरब्याजी बैंकहरू भएको आरोप लगाएका हुन् ।

सरकारले कृषिमा पाँच प्रतिशतमा ऋण दिने निर्णय गरे पनि बैंकहरूले नदिने गरेको उनको भनाइ छ । किसान १०/२० लाख ऋण लिन जाँदा नदिने तर अर्बपतिले म कृषिमा लगानी गर्छु भनेर गए बैंकले तुरुन्तै दिने गरेको उनको आरोप छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  १२ : ०१ बजे