Logo

समाचार

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालको सरुवा


२२ मंसिर २०८०, शुक्रबार  

69
Shares

काठमाडौँ । वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालको सरुवा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दाहाललाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सरूवा गरेको हो ।

मन्त्रीस्तरीय निर्णयबाट दाहाललाई उक्त विभागको जिम्मेवारी दिएको हो । ७ महिनाअघि वैदेशिक रोजगार विभागको नेतृत्व सम्हालेका दहालले वैदेशिक रोजगार क्षेत्रमा सुधारका काम गरेका थिए ।

उनले मेनपावर कम्पनीहरूको लाइसेन्स खारेज गर्नेेदेखि लिएर निलम्बन गर्ने सम्मको काम गरेका थिए । जसले गर्दा उनको राजीनामा माग्दै शक्तिकेन्द्र धाउनेको लर्को लागेको थियो ।

श्रमिक तथा पीडितको पक्षमा काम गर्दै गर्दा उनीमाथि थुप्रै खालका चुनौती आएका थिए । वैदेशिक रोजगार विभागमा कसलाई खटाउने भन्ने निर्णय भने भएको छैन ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ६ : ३६ बजे