Logo

प्रविधि

टिकटकको प्रतिवन्ध हटाउने प्रधानमन्त्रीको संकेत



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सञ्जाल नियमनका लागि सरकारले विधेयक ल्याउने तयारी गरिरहेको बताएका छन्।

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पादकहरूसँग कुराकानी गर्दै उनले टिकटकबाहेकका अन्य सामाजिक सञ्जाल अहिले केही नहुने बताए ।

‘अन्य सामाजिक सञ्जाल केही हुँदैन। नियमनका लागि विधेयक आउँदै छ,’ प्रधानमन्त्री दाहालले भने, ‘टिकटकबारे पनि पुर्नविचार हुन्छ।’

केहि राजनीतिक दल र प्रतिपक्षी दलबाट धेरै दबाब आएपछि टिकटक बन्द गर्ने निर्णयमा पुगेको प्रधानमन्त्री दाहालको दाबी छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ७ : ४० बजे