Logo

Breaking News 1

देश ‘मनपरीतन्त्र’मा चलिरहेको छ : ओली



वीरेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश ‘मनपरीतन्त्र’मा चलिरहेको आरोप लगाएका छन् । ‘सम्बन्ध स्थानीय : सन्देश राष्ट्रिय’ नारासहित सुरु एमालेको ‘झुलाघाट-चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानको क्रममा सोमबार सुर्खेत पुगेका उनले देशको राजनितिक अवस्था बिग्रदै गएको बताए ।

पूर्व प्रधानमन्त्री देशमा अराजकता बढेको दाबी गरे । ‘देश नै अन्योलमा छ । सरकारले गुन्डाहरूलाई संरक्षण गरेको देखेर जनतामा निराशा छाएको छ,’ उनले भने । देशमा कर्मचारीहरूलाई ऋृण निकालेर तलब खुवाउनपर्ने अवस्था रहेको पनि उनको दाबी थियो । ‘यो इतिहासमा कहिल्यै भएको थिएन,’ उनले भने, ‘देशमा मौलाएको भष्ट्रचार र बेथितीलाई नियन्त्रणको लागि एमालेको सरकार चाहिएको छ ।’

एमाले ‘मिसन ८४’ मा लागेको बताउँदै एमालेलाई सिध्याउने अभियानमा लागेकाहरू आफैं सकिएका उनको भनाई थियो ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ५ : २४ बजे