Logo

समाचार

भीरवाट लडेर दार्चुलामा एक महिलाको मृत्यु



दार्चुला । दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । 

लेकम गाउँपालिका–४ रातामाटास्थित दवलपाती भीरबाट लडेर एक महिलाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार दिउँसो घाँस काट्ने गएकी ५५ वर्षीया तुलसी पाठकको भीरबाट लडेर मृत्यु भएको हो ।

रातामाटास्थित देवपाती भीरमा घाँस काट्ने क्रममा लडे पछि घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । ती महिला करिब ६० मिटर तल खसेकी थिइन् ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ३ : ५३ बजे