Logo

अर्थ

हिमालयन डिस्टिलरीले सेयरधनीलाई लाभांश घोषणा



काठमाडाैं । हिमालयन डिस्टिलरीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई नगद र सेयर बोनस दिने घोषणा गरेको छ ।

गत आर्थिक वर्षसम्मको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत सेयर बोनस र प्रतिसेयर १५ रुपैयाँ लाभांश ९करसहित० प्रदान गर्ने निर्णय गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लाभांश पारित गर्नका लागि कम्पनीले साधारणसभा पनि बोलाएको छ । पुस १५ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको छ ।

जसका लागि सेयरधनी दर्ता पुस्तिका पुस १३ गते बन्द हुनेछ । पुस १२ गतेसम्म कायम सेयरधनीले कम्पनीको लाभांश पाउने र साधारणसभामा भाग लिने अधिकार प्राप्त गर्दछन् ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  १० : ४४ बजे