Logo

Breaking News 1

३० दूरसञ्चार प्रदायक कम्पनीलाई सम्पर्कमा आउन प्राधिकरणकाे निर्देशन



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ३० वटा दूरसञ्चार प्रदायक कम्पनीलाई सम्पर्कमा आउन अनुरोध गरेकाे छ । प्राधिकरणले आइतबार सूचना जारी गर्दै सात दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेकाे हाे ।

प्राधिकरणले नियमानुसार बुझाउनुपर्ने अडिटेड वित्तीय विवरण तथा रोयल्टी नबुझाएको भन्दै दूरसञ्चार कम्पनीलाई सात दिनभित्र सम्पर्कमा आउन भनेकाे सूजनामा जनाइएकाे छ ।

साथै उक्त अवधिभित्र सम्पर्कमा नआएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाइने बताएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ८ : २५ बजे