Logo

खेलकुद

टी-२० सिरिज : भारतमाथि अस्ट्रेलिया ५ विकेटले विजयी



काठमाडौं । जारी टी-२० सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ५ विकेटले पराजित गरेको हो ।

भारतले दिएको २२३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । अस्ट्रेलियालाई जिताउनेक्रममा ग्लेन म्याक्सवेलले ४८ बलमा अविजित १०४ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले रुतुराज गायकवाडको ५७ बलमा १२३ रनको मद्धतले २० ओभरमा ३ विकेट गुमाउदै २२२ रन बनाएको थियो ।

५ खेलको यस सिरिजमा अस्ट्रेलियाले लगातार २ खेलको हारपछि कमब्याक गरेको छ । अस्ट्रेलियाको यो जितपछि सिरिजमा भारत २(१ ले अगाडी रहेको छ । अब सिरिजको चौथो खेल शुक्रबार हुने तालिका रहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  १० : ४७ बजे