Logo

Breaking News 1

गौतमबुद्ध जन्माउने मायादेवीको नाममा प्रसूति गृह खोल्नुपर्छ : मन्त्री किराती



काठमाडौँ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मायादेवी प्रसूति गृह स्थापना गर्न संसारका बौद्धमार्गीहरुलाई आग्रह गरेका छन् । लुम्बिनीमा सरोकारवालाहरुसँग कुरा गर्दै मन्त्री किरातीले गौतमबुद्ध जस्तो संसारले चिनेको व्यक्तित्व जन्माउने आमाको सम्मानमा लुम्बिनीमा मायादेवी प्रसूति गृह सञ्चालनमा ल्याउनुपर्ने बताएका हुन् ।

किरातीले भने, ‘मायादेवीले गौतमबुद्धलाई माइती जानेक्रममा जन्माउनुभयो । गौतमबुद्धलाई जन्माउने क्रममा उहाँको निधन भयो । सायद त्यतिबेला प्रसूति गृह भइदिएको भए उहाँको अकालमा निधन हुने थिएन होला । त्यसैले उहाँको सम्मानमा लुम्बिनीमा प्रसूति गृह सञ्चालनमा ल्याउनुपर्छ ।’

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ४ : ३० बजे