Logo

Breaking News 1

राजावादी शक्ति अहिलेको समस्याको विकल्प हुन सक्दैन : चित्रबहादुर केसी



काठमाडौं । राष्ट्रिय जनमोर्चाले गणतन्त्र र धर्म निरपेक्षतालाई चुनौती दिने शक्ति अहिलेको समस्याको विकल्प हुन नसक्ने बताएको छ ।

देशमा कुशासन र भ्रष्टाचारले नागरिकको जीवनस्तर खस्किएको, अर्थतन्त्र संकट देखिएको र बेरोजगारी बढेको राजमोको निष्कर्ष छ । तर यो समस्या समाधानको उपाय गणतन्त्र र धर्म निरपेक्षतालाई चुनौतै दिने शक्तिसँग नरहेको अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् ।

अहिलेको समस्या समाधानको उपाय भनेको कुशासन र भ्रष्टाचारको अन्त्य गरी सुशासन र सुदृढ गणतान्त्रिक व्यवस्था स्थापना नै हुने केसीको भनाइ छ । ७ मंसिरमा राजतन्त्रको पक्षमा भएको प्रदर्शनले अहिले पनि मुलुकमा प्रतिगमनको प्रयत्न भइरहेको पुष्टि हुने राजमोको निष्कर्ष छ ।

यो अवस्थामा सबै लोकतन्त्रवादी तथा वामपन्थी शक्तिहरू एक हुनुपर्ने भन्दै केसीले प्रतिगमनको प्रयत्नलाई असफल पारेर जनआन्दोलनका उपलब्धिहरूको रक्षा गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  २ : ०७ बजे