Logo

Breaking News 1

सेयर बजार ११.२७ अंकले घट्यो



काठमाडौं। चालु साताको दोस्रो दिन सेयर बजार ओरालो लागेको छ । 

पहिलो दिन आइतबार ४७.७५ अंकले बढेको सेयर बजार सोमबार ११.२७ अंकले घटेर १८९६.६७ विन्दुमा पुगेर बन्द भएको छ । 

सोमबार २९० कम्पनीका ५२ हजार २०९ पटक भएको कारोबारमा ५९ लाख ९६ हजार ७०६ कित्ता सेयर किनबेच हुँदा  १ अर्ब ७४ करोड ७७ लाख ६४ हजार ९२२ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ६१ कम्पनीको सेयर मूल्य बढ्दा १७२ कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर रहेको छ । 
 

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ३ : ३२ बजे