Logo

Breaking News 1

भूकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा भयाे १८ करोड ३७ लाख



काठमाडौं । भूकम्प प्रभावितको लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १८ करोड ३७ लाख ३७ हजार १३६ रुपैयाँ जम्मा भएको छ । विभिन्न संघसंस्था तथा व्यक्तिहरूले उक्त रकम जाजरकोट भूकम्पपीडितका लागि जम्मा गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उक्त रकम कात्तिक १८ गतेदेखि मंसिर ७ गतेसम्मको अवधिमा कोषमा जम्मा भएको हो । कात्तिक १७ गते जाजरकोटलाई केन्दविन्दु बनाई ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पका कारण संरचनाहरू भत्किँदा जाजरकोट र सुदूरपश्चिममा १५४ जनाको मृत्यु भएको थियो । भूकम्पले १३ जिल्लामा ६२ हजार ६२ घरमा क्षति गरेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १ : २६ बजे