Logo

Breaking News 1

प्रदर्शनमा सहभागी हुन हिँडेका राजावादी संगठनका व्यक्तिहरु पक्राउ



काठमाडाैं । दुर्गा प्रसाईंले आह्वान गरेको प्रदर्शनमा सहभागी हुन हिँडेका राजावादी संगठनका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का, मनिन्द्रराज भण्डारीसहित ५ जना रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले अनलाइनखबरलाई बताए । प्रसाईंले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेका थिए ।

तर, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विज्ञप्ति जारी गर्दै तिनकुनेमा कार्यक्रम गर्न प्रसाईंलाई अनुमति नदिइएको बताएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १२ : ३४ बजे