Logo

Breaking News 1

दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्ने अनुमति छैन : जिल्ला प्रशासन कार्यालय काठमाडौं



काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिइएको बताएको छ ।

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्ने तयारी गरेको छ ।

बिहीबार (हिजो) राष्ट्रिय युवा संघ, नेपालले काठमाडौंको तीनकुने र महाअभियान, नेपाललाई बल्खुमा कार्यक्रम गर्न दिए पनि आज कसैलाई पनि कार्यक्रमको अनुमति नदिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ११ : ०० बजे