Logo

Breaking News 1

भूकम्प पीडितको पुर्ननिमार्णका लागि खटिए एमाले कार्यकर्ता (फोटोफिचर) 



काठमाडौं। नेकपा एमाले र उसका भातृ संस्थाहरु यतिखेर जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको घर निमार्णमा खटिएका छन् । 

एमालेले जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट क्षेतिग्रस्त भौतिक संरचना पुनःनिर्माण तथा उद्धार का लागि १ हजार स्वयंसेवक खटाउँदै पुर्ननिमार्णमा जुटेका हुन । 

विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख किरण पौडेलको नेतृत्वमा पार्टी पंक्ति, राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, विभिन्न जिल्लाका पार्टी संगठन र अन्य जनवर्गिय संगठनहरु विगत केहि हप्ता देखी खटिरहेको युवा संघले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  १० : २८ बजे