Logo

Breaking News 1

विश्वकपको उपाधि अष्ट्रेलियाले जित्यो, भारत ६ विकेटले पराजित



काठमाडौं । एकदिवसीय विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । ट्राविस हेडको शतकसँगै अष्ट्रेलियाले घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै छैटौंपटक उपाधि जितेको हो ।

हैदराबादमा भएको फाइनलमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएको थियो । अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

अष्ट्रेलियाका हेडले सर्वाधिक १३७ रन बनाए । यसअघि भारतले बिराट कोहली र केएल राहुलको अर्धशतकीय पारीको मद्दतमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ९ : ४३ बजे