Logo

खेलकुद

ब्राजिल माथि कोलम्बियाको २-१ को जित



काठमाडौँ। विश्वकप छनौट अन्तर्गतको खेलमा कोलम्बियाले ब्राजिललाई पराजित गरेको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा कोलम्बियाले ब्राजिललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरेका थिए । उनले खेलको ७५औं र ७९औं मिनेटमा गोल गर्दै कोलम्बियालाई महत्वपूर्ण जित दिलाएका हुन् ।

यसअघि ब्राजिलका लागि खेलको चौथो मिनेटमा नै गाब्रियल मार्टिनेलीले गोल गर्दै शुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिलले हार बेहोरेको थियो ।

दक्षिण अमेरिकी विश्वकप छनौटमा ब्राजिलको यो दोस्रो हार हो । अहिलेसम्म ५ खेलमा केवल ७ अंक बटुलेको ब्राजिल पाँचौं स्थानमा झरेको छ ।

त्यसैगरी कोलम्बियाको भने यो दोस्रो जित हो । ५ खेलमा ९ अंक बटुलेको कोलम्बिया अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ८ : ३५ बजे