Logo

Breaking News 1

चीनले विश्वकै सर्वाधिक द्रुत गतिमा चल्ने इन्टरनेट बनाएको दाबी


३० कार्तिक २०८०, बिहिबार  

0
Shares

बेइजिङ । चीनले उन्नत खाले इन्टरनेट नेटवर्क सुरु गरेको छ । यो संसारकै सर्वाधिक द्रुत गतिमा चल्ने इन्टरनेट भएको दाबी चीनको छ । चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनी हुवावेको यो इन्टरनेटको गति प्रति सेकेन्ड १.२ टिबी (१ हजार २ सय जिबी) हुन्छ । यो एक सेकेन्डमै १५० ओटा फिल्मको डेटा ट्रान्सफर गर्न पर्याप्त भएको बताइएको छ ।

तर इन्टरनेटको यो गति सैद्धान्तिक हो । उपभोक्ताको घरसम्म पुग्दा नेट यही गति भने पक्कै पनि चल्दैन । तर अहिले चलाइरहेको इन्टरनेट भन्दा चाहिँ यो निकै धेरै हो । यतिको तीव्रता अनि छिटो गतिको इन्टरनेट सेवा उपलब्ध हुनु व्यवसाय, शेयर कारोबार र राष्ट्रिय सुरक्षा समेतका मामिलामा ठुलो अर्थ राख्ने विश्लेषण गर्न लागिएको छ । यही हप्ता एउटा पत्रकार सम्मेलनमा हुवावे र चाइना मोबाइलले आधिकारिक रूपमा त्यहाँको पाँचौँ पुस्ताको ब्याकबोन नेटवर्क लन्च गरेका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  १ : ५१ बजे