Logo

खेलकुद

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकासँग अफगानिस्तान पराजित


२४ कार्तिक २०८०, शुक्रबार  

23
Shares

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ ।

अफगानिस्तानले दिएको २ सय ४५ रनको लक्ष्य दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४४ रन बनाएको थियो । समूह चरणका ९ खेलपछि दक्षिण अफ्रिका १४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  १० : ३९ बजे