Logo

Breaking News 1

दोहोरो अंकले घट्यो सेयर बजार


२३ कार्तिक २०८०, बिहिबार  

69
Shares

काठमाडौं। चालु साताको अन्तिम कारोबार दिन बिहीबार दोहोरो अंकले सेयर बजार ओरालो लागेको छ । 

तीन दिन उकालो लागेको सेयर बजारको बिहीबार नेप्से परिसूचक ११.८५ अंक घटेर १८५२.०८ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स १.३६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अंक घटेको छ।

२८२ स्टकको २७ हजार ८४५ पटकको कारोबारमा ८३ करोड ६० लाख ५ हजार रुपैयाँ बराबरको २८ लाख ३३ हजार कित्ता  सेयर किनबेच भएको छ । 

१९९ स्टकको मूल्य घटेको छ भने ७२ स्टकको मूल्य बढेको छ। बाँकी ११ स्टकको मूल्य भने स्थिर छ। 
 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ३ : ५७ बजे