Logo

समाचार

पाँच राउण्ड गोली र लागूऔषधसहित दुईजना पक्राउ


२२ कार्तिक २०८०, बुधबार  

69
Shares

सप्तरी। खडक नगरपालिका-११ बनौलीबाट थ्रिनटथ्री राइफलको गोली ५ राउण्ड, अवैध लागूऔषध गाँजा करिब २० ग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट २ ट्याब्लेटसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका-२ बस्ने १९ वर्षीय धर्मजित कुमार यादव र सप्तरी खडक नगरपालिका-११ बनौली बस्ने १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले धर्मजितलाई ५ राउण्ड गोली र किशोरलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ४ : ५४ बजे