Logo

Breaking News 1

नेपालमा रहेको आफ्नो दूतावास उत्तर कोरियाले बन्द गर्ने


२२ कार्तिक २०८०, बुधबार  

69
Shares

काठमाडौं। उत्तर कोरियाले नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ । नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यसबारे जानकारी गराएका छन् ।

उत्तर कोरियाली राजदूत मेनले सोमबार प्रधानमन्त्री दाहाललाई दूतावास बन्न गर्ने निर्णय सुनाएका हुन् । उत्तर कोरियाको यो निर्णयप्रति प्रधानमन्त्री दाहालले राजदूतसँग दुःखसमेत व्यक्त गरेको बताईएको छ ।

उनले उत्तर कोरियाले छिट्टै आफ्नो दूतावास पुनः सञ्चालनमा ल्याउने आशा राखेको बताएका थिए ।

विश्व राजनीति परिवेश, भूराजनीतिक प्रभाव र विश्वव्यापी रूपमा बढदै गएको आर्थिक मन्दीका कारण उत्तर कोरियाले नेपालको दूतावास बन्द गर्ने निर्णय गरेको बताइएको छ ।

नेपालमा उत्तर कोरियाली दूतावास बन्द भएपछि भारतको नयाँ दिल्लीमा रहेको उत्तर कोरियाली दूतावासले नेपाल मामिला हेर्ने जनाइएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ११ : ३४ बजे