Logo

कोशी

सबै दललाई सरकारमा सहभागी गराउने प्रयास गरिरहेको मुख्यमन्त्री कार्कीको भनाई


१६ कार्तिक २०८०, बिहिबार  

23
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सरकारमा समेट्ने प्रयासकै कारण सरकार विस्तारमा ढिलाई भइरहेको बताएका छन् ।

बिहीबार मुख्यमन्त्री कार्यालयमा कांग्रेस निकट पत्रकारसँग कुरा गर्दै उनले सरकार विशिष्ट परिस्थतिमा निर्माण भएकाले सहमतिको सरकारको विकल्प नभएको भन्दै सबै दल मिलेर सरकार बनाउने प्रयास भइरहेको बताएका हुन् ।

दलहरुसँग छलफल चरिहेको बताउँदै उनले चाडै सरकार विस्तार गर्ने समेत बताएका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ८ : ४९ बजे