Logo

Breaking News 1

यो संसद भन्दा म टेलिभिजन सञ्चारकर्मी हुँदा बढी प्रभावकारी थिएँ : रवि लामिछाने


१६ कार्तिक २०८०, बिहिबार  

69
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदको काम ज्यादै कमजोर र अप्रभावकारी भएको बताएका छन् । गत वैशाख २४ गते सुरु संसदको बजेट अधिवेशन सुरु भएयताको ६ महिनामा बजेट पारित गर्नेबाहेक जम्मा एउटा मात्र कानुन पास गरेको भन्दै उनले संसदको काम भन्दा आफू सञ्चारकर्मी हुँदा नै बढी काम गरेको दाबी गरे ।

उनले संसद नागरिकको आवाज मुखरित गर्ने थलो बन्न नसकेको पनि बताए ।

नेताहरुले देशको, संविधानको र व्यवस्थाको धेरै चिन्ता गरेको भन्दै लामिछानेले उनीहरुकै कारण व्यवस्था खतरामा परेको आरोप लगाए ।

रास्वपा सभापति लामिछानेले सत्ता स्वार्थका लागि मिल्न सक्ने दलहरु शान्ति प्रक्रिया टुंग्याउने र पीडितलाई न्याय दिने विषयमा मिल्न नसकेको आरोप लगाए ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  २ : १८ बजे