Logo

Breaking News 1

सदनका उठेका विषयमा सरकारको ध्यान जान जरुरी छ : प्रमुख सचेतक लेखक


१६ कार्तिक २०८०, बिहिबार  

69
Shares

काठमाडौँ। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जनजीविकाका सवालमा संसद् प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले भने, “संसद् प्रभावकारी भयो भने सरकार पनि प्रभावकारी हुन्छ । संसद् बलियो हुनुपर्छ । मूल विषय भनेको संसद्लाई बढी भन्दा बढी प्रभावकारी बनाएर जानुपर्छ ।”

संसद्को मूल काम कानुन निर्माणका साथै सरकार निर्माण, राज्यका स्रोत र साधनको वितरण, सरकारका काम कारबाहीको नियमित अनुगमन र मूल्याङ्कन गर्ने उनले बताए ।

संविधानले परिकल्पना गरेको बाटोमा कांग्रेस सधैँ प्रभावकारी संसद्को पक्षमा रहेको उनको भनाइ थियो ।

प्रमुख सचेतक लेखकले इजरायलमा अध्ययन गर्न गएका १० जना नेपाली विद्यार्थीले हमासको आक्रमबाट अकालमा ज्यान गुमाउनुपरेको र धेरै घाइते भएको जनाउँदै घटनाप्रति दुःख व्यक्त गरे । उनले हमासको नियन्त्रणमा रहेका विपीन जोशीलाई सहजतापूर्वक सकुसल घर फिर्ता गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताए । उनले सदनका उठेका सबै विषयमा सरकारको यथेष्ट ध्यान जान जरुरी रहेको उल्लेख गरे । रासस

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  २ : १४ बजे