Logo

Breaking News 1

‘शून्य समयमा’ ठिङ्ग उभिइरहे कांग्रेस सांसद गौतम, सांसदहरूले टेबल ठोके


१६ कार्तिक २०८०, बिहिबार  

92
Shares

काठमाडौँ। नेपाली कांग्रेसका सांसद सञ्जय गौतम प्रतिनिधि सभा बैठकको शून्य समयमा मौन उभिएका छन् । सभामुखले बोल्न समय दिएपछि आसनबाट उभिएका उनले केही कुरा बोलेनन् ।

मौन रूपमा उभिएको देखेपछि सभामुख देवराज घिमिरेले ‘माननीय सदस्यलाई बोल्न समय दिइएको छ’ भने पनि उनले आफ्नो मौन धारण कायम राखे ।

सांसद गौतम मौन उभिइरहेपछि विभिन्न दलका केही सांसदहरूले आफू अगाडिको टेबल बजाएर समर्थन जनाएका थिए । उनको एक मिनेटको समय सकिएपछि सभामुख घिमिरेले सांसद हर्कमाया विश्वकर्मालाई बोल्न समय दिए ।

सांसद गौतमले किन शून्य समयमा आफू मौन उभिएको भन्नेबारे खुलाएका छैनन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  १२ : ३५ बजे