Logo

Breaking News 1

शान्ति प्रक्रिया टुंग्याउन सबै दलबीच सहकार्य आवश्यक: मन्त्री शर्मा


१६ कार्तिक २०८०, बिहिबार  

69
Shares

काठमाडौँ। सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबै दलहरुबीचको सहकार्यले मात्रै शान्ति प्रक्रिया टुंगोमा पुग्न सक्ने बताएकी छिन् । दाङको घोराही उपमहानगरपालिका-११ जीतपुरस्थित सहिद परिवारसँगकाे भेटघाटमा उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सबै दलहरुबीच सहकार्य हुने दाबी गरिन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको समयमा सबै दलले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन जाहेर गरेको प्रतिबद्धताले पनि अब शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने सम्भावना बढेको औल्याउँदै मन्त्री शर्माले महासचिव गुटेरेसले संघीय संसद्‌मा राखेको धारणा मुलुकका लागि महत्त्वपूर्ण रहेको बताइन् ।

सरकारले सत्य निरुपण तथा मेल मिलाप आयोग मार्फत शान्ति प्रक्रियाको बाँकी काम टुंगोमा पुर्‍याउने तयारी भईरहेको बताइन् । उनले शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन सम्पूर्ण दलहरु एकमत हुनेमा आफू विश्वस्त समेत बताइन् ।

अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाका बाँकी कामलाई नजिकबाट हेरिरहेको धारणा राख्दै मन्त्री शर्माले यो बिषयलाई छिटोभन्दा छिटो हल गरी नेपाललाई स्थायी शान्ति दिनुपर्नेमा जोड दिइन् । उनले सरकारले पहिलो पटक सहिदको नाम राजपत्रमा प्रकाशन गर्ने र फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउने तयारी गरेको बताइन् ।

राजपत्रमा प्रकाशित हुन छुटेका सहिदहरुको नाम थप्ने बिषयमा सरकारले काम गरिरहेको जानकारी दिँदै उनले सबै दलको सहमतिमा द्वन्द्वपीडितलाई न्याय दिइने बताइन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ११ : ४७ बजे