Logo

Breaking News 1

अर्याल र पुडासैनी सचिवमा बढुवा


१६ कार्तिक २०८०, बिहिबार  

161
Shares

काठमाडौं। सरकारले रिक्त दुई सचिवमा राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई बढुवा गरेको छ ।

बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट सो निर्णय गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

निजामती सेवाका सचिवहरू डा. दामोदर रेग्मी र अर्जुनजंग थापा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि वरिष्ठताका आधारमा अर्याल र पुडासैनीलाई सचिवमा बढुवा गरिएको उनले बताए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजारमा कृत्रिम अभाव सिर्जना गरी चिनीको मूल्यवृद्धि गर्ने र उपभोक्तालाई सास्ती दिइएको विषयमा सम्बन्धित मन्त्रालयलाई अनुगमन, नियन्त्रण र कारबाही गर्न निर्देशन दिएको मन्त्री ज्वालाले जानकारी दिए ।

बैठकबाट संसद्को बजेट अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय पनि गरिएको उनले बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ११ : ४१ बजे