Logo

Breaking News 1

सन्दीप लामिछानेले नेपाललाई दिलाए तेस्रो सफलता


१४ कार्तिक २०८०, मंगलबार  

0
Shares

काठमाडौं । काठमाडौंमा जाारी टी–२० विश्वकप छनोट खेलमा नेपालले मलेसियाविरुद्ध दुई विकेट लिएको छ । टस जितेर आक्रामक ब्याटिङ गरिरहेको मलेसियाविरुद्ध अबिनाश बोहराले पाँचौं ओभरमा नेपालका लागि पहिलो विकेट लिएका हुन् ।

ओपनर जुबैदी जुलकिफलाई बोहराले कुशल मल्लबाट क्याच आउट गराए । यस्तै मलेसियाले ७ ओभरमा दोस्रो विकेट गुमायो । सातौँ ओभरको छैटौँ बलमा दोस्रो रन लिने क्रममा कप्तान अहमद फैज रनआउट भए ।

सन्दीप जोराको शानदार फिल्डिङबीच विकेटकिपर आसिफ शेखले रनआउट गरेका थिए । यो समाचार तयार पर्दासम्म मलेसियाले ९।३ ओभरको समाप्तिमा २ विकेट गुमाएर ८३ रन जोडेको छ ।


प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  २ : १८ बजे