Logo

Breaking News 1

एकदिवसीय विश्वकप : नेदरल्याण्ड र श्रीलंका तथा दक्षिण अफ्रिका र इंग्ल्याण्ड भिड्दै



काठमाडौं । एकदिवसीय विश्वकपमा आज दुई खेल हुँदै छ । पहिलो खेल नेदरल्याण्ड र श्रीलंकाबीच लखनउको एकना स्टेडियममा हुनेछ । यो खेल बिहान पौने ११ बजेदेखि सुरुहुने छ । विश्वकपमा नेदरल्याण्ड र श्रीलंकाबीचको यो पहिलो खेल हो । यसअघि विश्वकपमा दुवै टोली आमनेसामने भएका छैनन् ।

त्यस्तै, आजको दोस्रो खेलमा दक्षिण अफ्रिका र इंग्ल्याण्ड भिड्दै छन् । खेल मुम्बईको वानखेडे स्टेडियममा दिउँसो सवा २ बजे सुरु हुनेछ । विश्वकपमा इङ्ल्यान्ड र दक्षिण अफ्रिकाबीच ७ खेल भएका छन्, जसमा दक्षिण अफ्रिकाले ३ र इंग्ल्याण्डले ४ खेल जितेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ८ : ३७ बजे