Logo

Breaking News 1

एसीसी यू–१९ प्रिमियर कप : नेपालले साउदी अरबसँग प्रतिस्पर्धा गर्दै


२ कार्तिक २०८०, बिहिबार  

23
Shares

काठमाडौं । आज नेपाल र साउदी अरबबीचमा प्रतिस्पर्धा हुँदैछ । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपमा नेपालले आज साउदी अरेबियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

सो खेल युएसडी–युकेएम ओभल खेल मैदानमा हुनेछ । सो खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु हुदैँछ । यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकोले नेपाल र साउदी अरब दुबैका लागि ‘मर या गर’ झै अवस्थामा मैदानमा उत्रने छन् ।

समूह ‘ए’ मा रहेको नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुई–दुई खेल जितिसकेका छन । समान ४ अंक भए पनि नेट रन रेटका आधारमा नेपाल भने साउदी अरब भन्दा माथी अर्थात शिर्ष स्थानमा रहेको छ । यस खेलको विजेता सेमिफाइनल पुग्नेछ र यू–१९ एसिया कपको लागि एक स्टेप नजिक पुग्ने छ ।

देव खनालको कप्तानीमा नेपाली टोली लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको बेला तेस्रो खेलमा जीत हासिल गरेर सेमिफाइनल पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ७ : २८ बजे