Logo

Breaking News 1

अध्यक्ष प्रचण्डदेखि हामी सबैको अहिलेको कार्यक्षेत्र वडामा होः जनार्दन शर्मा



काठमाडौं। नेकपा (माओवादी केन्द्र) उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि सबै नेताहरुको कार्यक्षेत्र वडा भएको बताएका छन् ।

नेपाली जनप्रगतिशील मञ्च आवद्ध गैरआवासीय नेपाली एनआरएनको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले जनताको समस्या र सम्भावना खोज्नका लागि सबै नेताहरु वडास्तरमा गएर काम गरिरहेको बताएका हुन् ।

जनतालाई सिकाउन नभएर जनताबाट सिक्न र आफ्ना गल्ती कमीकमजोरीहरु पहिल्याउनका लागि सबै शक्ति वडास्तरमा केन्द्रीत गरेको उनको भनाई छ । देशभरका छ हजार सात सय ४३ वडाबाट प्राप्त भएका सुझाव, समस्या र सम्भावनालाई समेटेर माओवादीले दस्तावेज तयार पार्ने उनको भनाई छ । उनले उक्त दस्तावेजबाट कुन वडामा पार्टीले के काम गर्न पर्छ भन्ने कुरा थाहा पाउन सकिने बताए ।

अभियानपछि विधान सम्मेलन र विशेष महाधिवेशन गरिने पनि उनले जानकारी गराए । विधान सम्मेलनबाट अध्यक्ष र पदाधिकारीले पनि उल्लङ्घन गर्न नपाउने विधि बनाउने उनको भनाई छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  १ : ५७ बजे