Logo

Breaking News 1

इजरायलमा नेपालीलाई घरबाहिर ननिस्कन दूतावासको आग्रह 



काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई स्थिति सामान्य नबन्दासम्म घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । 

आज एक सूचना जारी गर्दै दूतावासले  पछिल्लो समय गाजा आसपाससहित इजरायलको दक्षिणी तथा उत्तरी सीमा क्षेत्रमा जोखिम थप बढेको बताएको छ ।

स्वदेश फर्कन चाहनेहरूले राजदूतावासबाट सुरु गरिएको अनलाइन रजिष्ट्रेशन फर्म अनिवार्य भर्न आग्रह गरेको दूतावासले निश्चित रोजगारदाता नभएका नेपाली नागरिकले पनि अनलाइन फर्म भर्न भनेको छ । सुरक्षित आश्रयस्थल नभएकाहरूलाई खबर गर्न दूतावासले आग्रह गरेको छ । 

नेपाल सरकार, इजरायल सरकार र विभिन्न आधिकारिक निकायका सूचना एवं स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्दै दूतावासको सम्पर्कमा रहन पनि दूतावासले भनेको छ । 

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  १ : ४१ बजे