Logo

Breaking News 1

कर्णालीका किसानलाई राहत दिने सरकारको घोषणा



सुर्खेत। कर्णाली प्रदेश सरकारले भदौ र असोजमा अविरल वर्षासँगै आएको हावाहुरीले बाली, पशुचौपायमा भएको क्षतिको राहत दिनका लागि ६ करोड रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । 

बुधबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णयअनुसार नेपाल बार एशोसियनको नियमित बार्षिक साधारणसभाको लागि १५ लाख दिने निर्णय समेत भएको छ । 

 असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिय स्थित प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परि मृत्यु हुने कर्णाली प्रदेशका नागरिकका परिवारलाई ३ लाख उपलब्ध गराउने निर्णय समेत गरिएको छ ।  
 

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ४ : ०१ बजे