Logo

Breaking News 1

कैद माफी पाएका रिगललाई जेल चलान गर्नु पर्ने माग राख्दै प्रदर्शन



काठमाडौं। महिला अधिकारकर्मीहरूले संविधान दिवसको अवसरमा सरकारबाट कैद माफी पाएका रिगल भनिने योगराज ढकाललाई पुनः थुनामा राख्न माग गर्दै प्रदर्शन गरेका छन् ।

महिला अधिकारकर्मीहरूले कैद माफी फिर्ता गरी उनलाई जेल चलान गर्न माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

महिला अधिकारकर्मी अञ्जु केसी श्रेष्ठले यो घटना संविधानको धज्जी उडाएकाले आफूहरु प्रदर्शनमा उत्रिनु परेको बताइन् । अर्की आन्दोलनकर्मी कल्पना बस्नेतले भारतीले न्याय पाउनुपर्ने र महिलामाथि हिंसा गर्नु नहुने बताइन् ।

उनलाई कैद मिनाह दिइएको भन्दै त्यसको विरोधमा मृतककी पत्नी भारती मानन्धर माइतीघरमा अनसनरत छिन् । नेपालगञ्जका चेतन मानन्धरको हत्या आरोपमा रिगल अदालतबाट दोषि ठहर भइ जेल परेका थिए ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ३ : ३४ बजे