Logo

Breaking News 1

कोशी सरकारबारे राप्रपाले अन्तिम समयमा मात्रै निर्णय लिने



काठमाडौं। राप्रपाले पदाधिकारी बैठक डाकेको छ । बैठक शुक्रबार बिहान ८ बजे बस्नेगरी डाकिएको हो । शुक्रबार बस्ने बैठकले कोशी प्रदेश सरकारबारे निर्णय गर्ने बताइएको छ ।

कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री बन्न दलहरुलाई प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय सीमा शुक्रबार नै सकिँदैछ । नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका आधा दर्जन नेताले आकांक्षा राखेका छन् । मुख्यमन्त्री बन्न आवश्यक ४७ सासंसदको संख्या गठबन्धनसँग भएपनि विश्वासको मत लिनेबेलामा अप्ठ्यारो पर्ने देखेका नेताहरुले यसपटक राप्रपालाई पनि सत्ता गठबन्धनमा सहभागी गराउन चाहेका छन् ।

प्रदेश सभामा ६ सिट रहेको राप्रपा कोशी सरकार बनाउन र गिराउन निर्णायक देखिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन शीर्ष नेताहरुसँग भेटवार्ताका व्यस्त रहेका छन् । उनले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए । भेटमा कोशीसहित केन्द्र सरकारमा पनि साझेदारी गर्नेबारे छलफल भएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ३ : ३० बजे