Logo

Breaking News 1

इजरायलमा रहेका नेपाली उद्धारका लागि आज नेपाल वायु सेवा निगमको जहाज जादै



काठमाडौं। सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका अनुसार नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने भएको हो ।

जोखिममा रहेका नेपालीले पनि सरकारबाट उद्धारको लागि याचना गरिरहेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  १ : ५५ बजे