Logo

Breaking News 1

शिक्षा विधेयकले शिक्षकहरुको ट्रेड युनियनको अधिकार सुनिश्चित गरेको छ: मन्त्री राई



काठमाडौं। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रस्तावित शिक्षा विधेयकले शिक्षकहरुको ट्रेड युनियनको अधिकारलाई सुनिश्चित गरेको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा विधेयकका बारेमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री राईले संविधानले गरेको व्यवस्थालाई आत्मसाथ गर्दै शिक्षकहरुले संविधानसम्मतरुपमा पाउने हक र अधिकारलाई विधेयकले पूर्णरुपमा आत्मसाथ गरेको दाबी गरेका छन् ।

उनले शिक्षक महासंघको माध्यमबाट ट्रेड युनियन हक स्थापित गराइएको बताएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ४ : ३९ बजे