Logo

कोशी

कोशी प्रदेश सभा विघटनतर्फ, ६ दिनभित्र नयाँ सरकार गठन हुन नसके मध्यावधि चुनाव हुने



काठमाडौं । कोशी प्रदेशमा सरकार बनाउने अन्तिम संवैधानिक प्रावधान कार्यान्वयन हुने भएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । नयाँ सरकार गठनका लागि ६ दिनको समय दिएर सरकार गठनको आह्वान भएको हो ।

शनिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका थिए । मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरेलगत्तै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखले दिएको समयसीमाभित्र उपधारा ५ अनुसार सरकार गठन गर्न नसके प्रदेशसभा विघटन हुनेछ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  १० : ५१ बजे