Logo

समाचार

सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु


१९ आश्विन २०८०, शुक्रबार  

69
Shares

काठमाडौं। नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ । भद्रकाली नजिकै सभागृह मोडमा नेपाली िसेनाको  ट्रकले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको हो। 

बिहीबार राति साढे ७ बजे काठमाडौं महानगरपालिका–२८ स्थित भद्रकाली नजिकै सभागृह मोडमा सेनाको प्र.–३–०१–००१ग ३७०५ नम्बरको ७.५ ट्रकले दिँदा एक महिलाको मृत्यु भएको हो। 

सेनाका हुद्दा महोमद नुरेन देवानले चलाएको ट्रकले बा.प्र –०२ –०१८ प ९२७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ताहाचल बस्ने ३२ वर्षीया आकृति शर्माको मृत्यु भएको हो । 

ठक्करबाट घाइते भएपछि उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकामा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । बिहीबार राति ट्रकले ठक्कर दिएको थियो भने उनको मृत्यु पनि बिहीबार राति नै उपचारका क्रममा भएको हो । 
 

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  २ : ०७ बजे